सरकार र वर्कर्सबीच चारबुँदे सहमति
देबेन्द्र कार्की
धरान / पूर्वी पहाडी जिल्लामा सशस्त्र संघर्ष गदै आएको किरात जनवादी वर्कस पार्टी अव शान्तिपूर्ण रुपमा खुल्ला राजनीति गर्ने भएको छ । भोजपुरका केही राजनीतिक दलहरुको सहयोगमा सुक्रबार राजधानीमा सरकार र वर्कर्स वीच चार बुदे सहमति समेत भएको छ । सरकारका तर्फबाट वार्ताटोली सदस्य तथा प्रधानमन्त्री कार्यालयका मन्त्री घनश्याम भुषाल र वर्कसका तर्फबाट वार्ता टोली संयोजक सुमन वान्तवासहितको वार्ता भएको थियो । सशस्त्र संघर्षरत समूहसँग वार्ता र सम्बादबाट उनीहरुको राजनीतिक माग पुरा गरि शान्तिपूर्ण निकास ल्याउने नीतिलाई वर्कलले आत्मसाथ गरेको छ । वार्ता अवधिमा वर्कर्सले हतियार प्रर्दशन र हिंसात्मक गतिविधि त्यागेर खुल्ला रुपमा राजनीतिक माग अघि सार्ने वाता टोलीका संयोजक सुमन बान्तवाले ब्लाष्टलाई बताए ।
पहिलो चरणमा भएको वार्तामा वर्कसका कनुैपनि नेता कार्यकर्तालाई सरकारले वार्ता अवधिभर धरपकड नगर्ने वर्कसले पनि हतियार प्रदर्शन तथा सामाजिक शान्ति सुरक्षामा असर पुग्ने कुनै कार्य नगर्ने सहमति भएको छ ।वार्ता टोलीमा रहेका तर सरकारले पक्राउ गरेका वर्कर्सका केन्द्रीय सदस्य रविन किराती, सन्देश किराती र राज्य समिति सदस्य द्वय ध्रुव राई र भरुण राईलाई प्रकृया पूरा गरी रिहा गर्न सहमति भएको छ । २० दिन पछि पून अर्को वार्ता गर्ने र वर्कर्सले आफना राजनीतिक माग राख्ने सहमति भएको छ । सरकारले वर्कर्सका ७३ जना कार्यकताहरुलाई पक्राउ गरेको पनि बान्तवाले जानकारी दिए । उनीहरुका ेरिहाईबारे भने दोश्रो चरणका ेवार्ता पछि निर्णय हुने बताइएको छ ।
सरकारसँग आफ्ना राजनीतिक मुद्वाका विषयमा छलफल गरि शान्तिपूर्ण राजनीतिमा आउन वार्ता गरिएको बान्तवाले बताए । उनले भने – ‘हामी अन्तरिम संविधान स्वीकार गरि खुल्ला राजनीतिक गर्न चाहन्छौ ।’– टेलिफोनमा बान्तवाले भने–‘राज्यले हाम्रा सामान्य मागलाई सम्बोधन गरे शान्तिपुर्ण राजनीतिमा आउछौ ।’ राज्यले सकरात्मक संकेत दिएको छ । सम्बादको प्रकृया पनि सुरु भएको उनले बताए ।
वर्कसले गत २०६५ माघ ५ गते र ०६६ कार्तिक २७ गर्ते वर्कससँग वार्ता गरेको थियो । तर उनीहरुवीच भएको सहमति दुवै तर्फबाट कार्यन्वयन हुन सकेको थिएन । सुक्रबारबाट सुरु भएको वार्तामा वर्कर्सले १५ वटा क्षेत्रीय मुद्वाहरुलाई अघि सारेको छ । ती मध्य राज्य पुनसंरचना आयोग गठन गर्दा वर्कर्सको तर्फबाट एक प्रतिनीधिका ेव्यवस्था गर्न माग गरेको छ ।
यस्तै भाषा भाषी आयोग गठन गर्नु पर्ने र त्यस आयोगको अध्यक्ष वर्कर्सका नेतालाई बनाउनु पर्ने माग वार्तामा मुख्य मुद्वाका रुपमा उठाईने बान्तवाले बताएका छन् । उनले भने राज्यले यि दुई वटा हाम्रा मागलाई सुनुवाई ग¥यो भने अरु मुद्वा हामी छाड्न सक्छौ ।’ भाषा भाषी आयोगको विषयमा पार्टीले अवधारण पत्र समेत तयार गरिसकेको उनले जनाए ।
आन्तरिक विवादले दुई टुक्रा भएको वर्कस गत २०६८ बैशाखमा एकिकृत भई संगठित रुपमा सरकारसँग आफ्ना राजनीतिक माग प्रस्तुत गर्न लागिएको पार्टीले जनाएको छ । यस अघि विवस विद्रोही र साल्पा किरातीको नेतृत्वमा छुट्टाछुट्टै पार्टी थियो । हाल साल्पा किरातीकै नेतृत्वमा एकिकरण गरिएको उनले दावी गरेका छन् । उपाध्यक्षमा विवस विद्रोही पक्षका साङ्केन किराती उपाध्यक्ष रहेका छन् । यता विवश विद्रोहीलाई प्रहरीले कारवाही गरेको सरकारले सार्वजनिक गरे पछि विद्रोहीका जेठा दाजू एलम्बर किराती(अनन्त क्रान्ति)ले भने वर्कर्स पार्टी आफ्नो नेतृत्वमा कायम रहेको दावी गर्दै आएका छन् ।
Saturday, July 2, 2011
Saturday, June 25, 2011
नमस्कार होटलको खानामा किरा

धरान / विराटनगर स्थित होटल नमस्कारले गुणस्तरहिन खाना खुवाएका कारण तालिममा विराटनगर आएका पत्रकारहरु विमारी परेका छन् । ऐन्टेना फाउण्डेशनले आयोजना गरेको १० दिने खोज पत्रकारिता तालिममा सहभागी ३ तीन जना पत्रकार विमारी भएका छन् । विराटनगरको नाम चलेको होटल भए पनि त्यहा आउने अतिथिहरुलाई अखाद्य पदार्थ मिसिएको गुणस्तरहिन खाना तथा पानी दिएकाले सेवाग्राही विमारी भएको तालिममा सहभागी तेह्रथमका पत्रकार चन्द्र कार्कीले बताए । सहभागीलाई लगातार तीन दिनसम्म होटलले किरा परेको खाना तथा नास्ता दिएको तालिममा सहभागी झापाकी पत्रकार स्वस्तीका पोखरेलले बताईन् । उनका अनुसार मंगलबारको खाजामा किरा भटिएको र खाना नास्ता राम्रो बनाउन सुझाव दिए पनि बुधबार र विहीबार पनि खानामा किरा परेको दिएकाले विहीबार बेलुकाको खाना आयोजकले अन्यत्र होटलमा लगेर खुवाएको उनले वताईन । मंगलबारको खाजामा इलामका पत्रकार मनकुमार बराईलीले किरा भेटेका थिए । बुधबारको खानामा काठमाण्डौकी नीशा राईले सागमा साङ्ला फेला पारिन् । विहीबार विहानका् खानामा प्रशिक्षक चन्द्रकिशोर झाले खाना पस्कदै गर्दा किरा भेटे पछि खानाको व्यवस्था अर्कै होटलमा गरिएको थियो ।
होटल संचालकले भान्सामा कम गुणस्तरका उपभोग्य सामाग्री खरिद गरेर दिएकाले समस्या भएको कामदारहरुको भनाई छ । होटलका कामदार रुपप्रसाद माईतीले किचनमा कामदारको संख्या कम भएकाले सफा राख्न नसकेको र सेवाग्रँहीलाई राम्रो सेवा दिन नसकीएको वताए ।
उता होटलका संचालक युवराज श्रेष्ठले भने होटलमा दिने सेवामा भएको कमजोरी वारे दुख व्यक्त गरेपनि सामान्य कुरा भएको प्रतिकृया दिए । ुठुल ठुला अन्तर्राष्ट्रिय कम्पनिका उत्पादनमा त किरा हुन्छन्ु उनले भने ुयो त सामान्य हो ।ु सेवाग्राहीको बारम्बार गुनासो आए पछि होटल संचालकले सेवा दिन सकेनौ अर्कै होटलमा जानुस भने पछि सुक्रबार होटल स्वागतममा सारिएको तालिमका स्थानिय संयोजक वीरेन्द्र शर्माले बताए ।
होटलमा पिउनेपानी तथा खानामा लापारवाही गरेर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको सहभागीहरुले वताए । खानामा लापारवाही गरेका कारण तालिममा सहभागी वीरबहादर दर्नाल इलामका पत्रकार टिका खतिवडालाई पनि विहीबार दैखि झाडा पखाला लागेकाले औषधी खाईरहेको छन् ।
ख्ाानामा लापारवाही भएको विषयमा सुझाव दिदा पनि होटलले आ榫ाे कमजोरी सुधार्ने तर्फ ध्यान नदिएको तालिमका प्रशिक्षक चन्द्र किशोर झाले बताए । तामिलमा सहभागीहरु होटल परीवर्तन गरी किरायुक्त खाना वाट जोखिए । उक्त होटलमा दैनिक आउने सेवाग्रँहीहरु भने होटलको गुणस्तरहिन खाना खान वाध्य छन् । यस्ता होटलले ग्राहकलाई दिने गरेका गैरजिम्मेवार सेवा प्रति स्थानिय प्रसासन तथा सरोकारवाला निकायले अनुगमन गरी कारवाही गर्ने तर्फ अहिले सम्म ध्यान दिएको देखिन्दैन् ।
क्याप्सन्ः विराटनगर स्थित नमस्कार सेवाग्रँहीलाई दिएको नास्तामा भेटिएको किरा । होटलले दिएको नास्ता र खानामा लगातार तिन दिन सम्म किरा भेटीएको थियो ।
तस्विर ः चन्द्र कार्की
Subscribe to:
Comments (Atom)